संचार सम्बन्धी कार्य (चिठ्ठीपत्र, पार्सल लगायत वस्तुहरु) साथै हुलाक वस्तुहरु आदान प्रदान गर्नका लागि वि सं १९६७ सालमा छोटी हुलाक स्थापना भई वि. सं २०३१ सालमा जिल्ला हुलाक कार्यालयको नामबाट स्थापना भएको कार्यालय हो। स्थापनाकाल देखि नै यस कार्यालयको कार्यक्षेत्र रुकुम पुर्व र रुकुम पश्चिम जिल्ला रहेकोमा वि सं २०८१ भदौ महिनादेखि जिल्ला हुलाक कार्यालय रुकुम पुर्व स्थापना भएकोले यस कार्यालयको कार्यक्षेत्र रुकुम पश्चिममात्र रहेको छ। यस कार्यालयले जिल्लाभरीको डाँक व्यवस्थापन र संचालन तथा अन्य जिल्लाबाट प्राप्त डाँक वितरण, चिठ्ठीपत्र दर्ता, हुलाक टिकट बिक्रिजस्ता सेवाहरु संचालन गर्दै आएको छ। साथै यस कार्यालयले पत्रपत्रिका दर्ता, नविकरण, एफ. एम. नविकरण, अनुगमन लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारण अनुगमन तथा राष्ट्रिय सुचना आयोगले तोके बमोजिम यस जिल्लाको अन्य कार्यालयहरुले गरेका सुचनाको हक सम्बन्धी गरेका कामको अनुगमन निरीक्षणको काम पनि गर्दै आएको छ। रुकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका वडा नं १ खलंगामा आफ्नै भवनमा संचालित रहेको छ। यहाँ जम्मा हाल एक जिल्ला हुलाक कार्यालय ५ वटा पालिका स्तरीय हुलाक कार्यालय र २० वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन। रुकुम पश्चिम जिल्लामा संघीय संरचना बमोजिम ३ नगरपालिका र ३ गाउँपालिका गरी जम्मा ६ वटा स्थानीय तह रहेका छन। ६वटा स्थानीय तह अन्तर्गत मुसीकोट नगरपालिकामा जिल्ला हुलाक कार्यालय रुकुम पश्चिम रहेको छ र ५ वटा हुलाका कार्यालयहरु पालिकास्तरमा संचालित छन जसअन्तर्गत

१ नगरपालिका हुलाक कार्यालय आठबिसकोट

२ नगरपालिका हुलाक कार्यालय चौरजहारी

३ गाउँपालिका हुलाक कार्यालय बाँफिकोट

४ गाउँपालिका हुलाक कार्यालय सानीभेरी

५ गाउँपालिका हुलाक कार्यालय त्रिवेणी